News
सनराईज र जनप्रियको जित

भरतपुर । हनामी अन्तर विद्यालय कप छात्र फुटबल प्रतियोगितातर्फ सनराईज स्कुल र जनप्रिय स्कुलले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
भरतपुर स्थित गेष्ट हाउस खेलमैदानमा भएको पहिलो खेलमा सनराईजले अर्बिट स्कुलमाथि शुन्यका विरुद्ध ३ गोलको जित निकाल्यो ।
त्यस्तै दोस्रो खेलमा जनप्रियले डन एकेडेमीलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने जनप्रियले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
भरतपुर फुटबल क्लबको आयोजना तथा चितवन जिल्ला फुटबल संघको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असार २ गतेका दिन हुनेछ ।
Post Comments