News ललितपुरका क्लबहरुलाई यस वर्ष पनि प्रोत्साहन रकम हस्तान्तरण
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । ललितपुर महानगरपालिकाले ललितपुरका क्लबहरुलाई बार्षिक रुपमा नगद सहित प्रोत्साहन गर्ने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । ललितपुरले यो अभियान गत बर्षदेखि शुरु गरेको थियो ।

जसअन्तरगत यसपटक थ्रीस्टारले कुल १६ लाख हात पारेको छ । जसमा ४ लाख वार्षिक रुपमा दिइने पुरस्कार रकम थियो भने थप १२ लाख थ्रीस्टारले तीन फुटबल प्रतियोगिता जितेवापत प्राप्त गरेको हो ।

त्यस्तै च्यासल युथ क्लबले १२ लाख हात पार्यो । च्यासलले वार्षिक रुपमा ४ लाख तथा दुई प्रतियोगिता जिते वापत ८ लाख प्राप्त गरेको हो । जावलाखेल युथ क्लबले ८ लाख हात पार्यो । जावलाखेलले वार्षिक पुरस्कार वापत ४ लाख तथा एक प्रतियोगिता जिते वापत थप ४ लाख प्राप्त गरेको हो ।

त्यस्तै फ्रेण्डस क्लब र बीबीसीले जनही ४–४ लाख हात पारे । त्यसैगरी बी डिभिजन क्लबहरु पुल्चोक स्पोर्टस, खुमलटार र झम्सीखेल क्लबले जनही ३–३ लाख हात पारे भने सी डिभिजन क्लबहरु सानेपा क्लब र खालीबारीले जनही २–२ लाख हात पारे ।

स्मरण रहोस, ललितपुर महानगरपालिकाले गत वर्षदेखि महानगरपालिकाभित्र रहेका ए, बी र सी डिभिजन क्लबहरुलाई वार्षिक रुपमा निश्चित प्रोत्साहन रकम र प्रतियोगिताको उपाधि जिते वापत थप रकमले सम्मानित गर्ने घोषणा गरेको थियो ।

Post Comments