News दोस्रो वडा अध्यक्ष कप हुने
सुरज राना मगर

चितवन । खेलकुद विकास समिति भरतपुर महानगरपालिका–२३, चितवनको आयोजनामा आउँदो जेठ १० गतेदेखि दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । भरतपुर–२३ स्थित सरस्वती खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको आयोजकले जनाएको छ ।

साथै जेठ ५ गतेसम्म टिमदर्ता खुला गरिएको प्रचार प्रसार संयोजक कुसुम दिप लोले बताए । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरुका लागि टिमदर्ता शुल्क भने ७५०० तोकिएको पनि संयोजक दिप लोले बताए ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ को संरक्षकत्वमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,४१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि ट्रफीसहित नगद ५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 

Post Comments