काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरी अफगानिस्तानको मुखय प्रशिक्षकमा नियुक्त भएका छन् । उनको नियुक्तिबारे अफगानिस्तान फुटबल फेडरेशनले पनि आधिकारिक रुपमा जानकारी गराएको छ ।
अफगानिस्तान एफएका अनुसार अल्मुताईरी छिटै काबुल आउने र सम्झौतापत्रमा हस्ताक्षर गर्ने बताइएको छ । साथै उनले राष्ट्रिय टोलीका लागि नयाँ खेलाडीहरुलाई छनौट पनि गर्ने अफगानिस्तान एफएले जनाएको छ । यद्यपि एफए र अल्मुताइरीबीचको सम्झौता अवधि र पारिश्रमिकबारे भने अहिले खुलाइएको छैन ।
दुई वर्ष अघि नेपाललाई ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका कुवेती प्रशिक्षक अलमुताइरी नेपाली खेलाडीहरुसँगको विवादका कारण राष्ट्रिय टिमबाट बाहिरिएका थिए । यद्यपि उनी नेपाली फुटबल समर्थकहरु माझ भने अझै पनि लोकप्रिय नै छन् ।
केही महिना अघिसम्म प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उनले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि जितेका थिउ । उनले पटक–पटक नेपाल र नेपालीप्रति सधै आफ्नो विशेष माया र सम्मान रहने बताउँदै आएका छन् ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट