
काठमाडौं । एएफसी यु–१७ महिला एसियन कप छनौटतर्फ दक्षिण एसियाका अन्य दुई टोली बंगलादेश र भारतले आ–आफ्नो खेलमा जित हात पारेका छन् । समूह डी मा रहेको बंगलादेशले बुधबार आफ्नो पहिलो खेलमा तुर्कमेनिस्तानमाथि ६–० को शानदार जित निकाल्यो ।
बंगलादेशले आफ्नो आगामी खेल आउँदो आइतबार आयोजक सिंगापुरसँग खेल्नेछ । समूह डी मा अन्तिम समयमा आएर युएईले सहभागिता नजनाउने भएपछि बंगलादेशसहित तुर्कमेनिस्तान र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
त्यस्तै समूह एफमा रहेको अर्को दक्षिण एसियाली राष्ट्र भारतले आयोजक किर्गिस्तानमाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्यो । भारतले आफ्नो आगामी खेल शुक्रबार बलियो म्यानमारसँग खेल्नेछ । समूह एफमा पनि भारत र किर्गिस्तानसँगै म्यानमार गरी तीन टोलीहरु रहेका छन् । समूहको शिर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट