
हेटौडा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो प्रिक्वाटरफाइनलतर्फ एपिएफले सातदोबाटो युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । पिप्ले क्याम्पा रंगशालामा भएको खेलको छैठौं मिनटमा युवराज खड्काले गरेको एक मात्र गोल एपिएफलाई जित जिलाउन निर्णायक बन्यो ।
खेलमा एपिएफ कै मणि लामा म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । एपिएफले अब क्वाटरफाइनलमा फागुन ४ गतेका दिन अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तरगत फागुन १ गते सोमबारको खेल न्युरोडटिम (एनआरटी) र बिरगंज युनाइटेड, पर्साबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा