युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात

काठमाडौं (एजेन्सी) । दावेदार मध्ये एकका रुपमा हेरिएको इटाली र स्पेनले जारी १४औं युइएफए महिला युरो च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।
समूह बी तर्फको आफ्नो पहिलो खेलमा इटालीले बेल्जियमलाई १–० ले हराउँदा सोही समूहको अर्को खेलमा स्पेनले पोर्चुगलमाथि ५–० को प्रभावशाली जित दर्ता गर्यो ।
अब समूह चरणको दोस्रो खेलमा ७ जुलाईका दिन स्पेनले बेल्जियमको सामना गर्नेछ भने पोर्चुगलले इटालीसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
स्वीजरल्याण्डमा जारी प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल खेल भने २७ जुलाईका दिन स्वीस शहर बासेलमा हुनेछ ।
Post Comments