
काठमाडौं । एपिएफ फुटबल क्लबकी गोलरक्षक तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी रुपा राना मगरको घुँडाको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । उनको काठमाडौं स्थित बीएण्डबी अस्पतालमा शल्यक्रिया सम्पन्न भएको हो ।
क्लबको नियमित अभ्यासका क्रममा चोटिल बनेकी रुपाको एसिएल च्यातिएको थियो । शल्यक्रिया सम्पन्न भए पनि उनी लामो समय मैदान बाहिर रहने बताइएको छ । रुपा करिब ८–९ महिना मैदान बाहिर रहने छिन् ।
रुपाका अनुसार उनी केहि दिन अझै अस्पताल मै बस्नुपर्ने बताइएको छ । त्यसपछि पूर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएको पनि रुपाले बताईन् । त्यसपछि विस्तारै चिकित्सकको सल्लाहअनुसार रिह्याब गर्ने योजना रहेको पनि उनले जानकारी दिईन् ।
स्मरण रहोस, एपिएफका लागि क्लब फुटबलमा निरन्तर आफ्नो उपस्थिति जनाउँदै आएकी रुपा आउँदो राष्ट्रिय महिला लिगको तयारीमा व्यस्त थिईन् । यद्यपि यो शल्यक्रियापछि भने उनले महिला लिग गुमाउने निश्चित प्रायः छ ।
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग