काठमाडौं । मलेसियामा हुन गईरहेको टिवाईटी कप खेल्ने तयारीमा न्युरोडटिम (एनआरटी) ले शनिबार सम्पन्न संकटा क्लब विरुद्धको मैत्रीपूर्ण खेलमा ३–२ को रोमाञ्चक जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुईपटकको अग्रता जोगाउन नसकेको संकटाले हार बेहोर्यो । खेलको १५औं मिनटमा आशिष सुनामको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । तर पहिलो हाफ कै अतिरिक्त समयमा कप्तान रजिन धिमालले एनआरटीका लागि बराबरी गोल फर्काउन सफल भए ।
तर दोस्रो हाफ शुरु भएको शुरुवात मै संकटाले मोसेसको गोलबाट फेरि खेलमा अग्रता बनायो । यद्यपि त्यसको दश मिनट लगतै स्टेफन समिरले एनआरटीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए । त्यसको केहीबेर मै ६०औं मिनटमा दिपेश घलेले एनआरटीका लागि तेस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।
स्मरण रहोस, टिवाईटी कपका लागि एनआरटी यसै साता मलेसियाको पेनाङतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ एनआरटीले पहिलो खेल ३० जुनका लागि घरेलु टोली पेनाङ एफसीसँग खेल्नेछ भने दोस्रो खेल २ जुलाईका दिन इण्डोनेसियन क्लब कारो एफसीसँग खेल्ने कार्यक्रम छ ।
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि