News
किरनको टोली माजियाको फराकिलो जित

काठमाडौं । लिग उपाधि जोगाउने अभियानमा रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले दिवेही प्रिमियर लिगमा शुक्रबार फराकिलो जित दर्ता गरेको छ ।
जारी सिजनको आफ्नो ११औं खेलमा दशौं जित हात पार्ने क्रममा माजियाले युनाइटेड भिक्टोरीलाई ७–१ को फराकिलो अन्तरले हरायो ।
माजियाको जितमा कर्नेलस स्टिवार्टले ह्याट्रिक गरे । त्यस्तै ताना डोमिंगेज, इब्राहिम अैसम, नैज हसन र अक्रम अब्दुल घानीले एक–एक गोलको योगदान दिए । खेलमा किरनले विपक्षीको एक पेनाल्टी प्रहार पनि जोगाएका थिए ।
यो जितसँगै ११ खेलबाट ३० अंक जोडेको माजिया शिर्ष स्थान मै यथावत छ र लिग उपाधि जोगाउने सम्भावना पनि बलियो बनाएको छ । माजियाले आफ्नो आगामी खेल मंगलबार ग्रीन स्ट्रिट्ससँग खेल्नेछ ।
Post Comments