News
यशस्वी र ग्रिन उपाधिका लागि भिड्ने
काठमाडौं । यशस्वी र ग्रिन भिलेज फाउन्डेसन प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित गर्यो । विजेताका अभिजित राना मगरले २ तथा धननाथ ढुंगेल र निसानराज परियारले १–१ गोल गरे । ध्रुव ताराका रिकेश केसीले २ तथा श्रृजन श्रेष्ठले १ गोल फर्काए ।
अर्को सेमिफाइनलमा ग्रिन भिलेजले नेपाल राष्ट्रिय स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । फाइनल शनिबार हुने छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै