News
आर्मीकी सुनिता मिशनका लागि अफ्रिका प्रस्थान

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको महिला फुटबल टोलीकी महत्वपुर्ण सदस्य सुनिता चौधरी युएन मिशनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकतर्फ प्रस्थान गरेकी छिन् ।
आर्मीमा हवल्दार पदमा रहेकी सुनिताले एक बर्ष मिशनमा बिताउने क्लबले जनाएको छ । क्लबका लागि डिफेन्डरको भूमिकामा आफूलाई अहम सदस्यका रुपमा प्रमाणित गरिसकेकी सुनिताले गत बर्षको राष्ट्रिय लिग पनि खेलेकी थिईन् ।
फुटबलसँगै देशको सेवा र देशप्रतिको जिम्मेवारी पूरा गर्नु पनि आफ्नो कर्तव्य रहेको सुनिताको भनाई छ । उनले मिशनबाट फर्किए पछि फेरि सक्रिय फुटबल मै वयस्त हुने योजना रहेको समेत खुलाईन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)