News हेटौडामा आजदेखि बीपीकप खुला फुटबल
गोलनेपाल

हेटौडा । दोस्रो बीपी कप जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा पुस १० गतेदेखि १६ गतेसम्म हेटौंडामा सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको संघ अध्यक्ष सविन भट्टाचार्यले ाजनकारी दिए ।

हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान –हुप्रचौरमा हुने ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १५ वटा टोली र सात गाउँपालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बकैया गाउँपालिका र हेटौंडा १ नम्बर वडाबीच प्रतिस्पर्धा हुने उपाध्यक्ष युवराज लामाले जानकारी दिए । प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक प्रदीप कंडेलले जानकारी दिए ।

 

Post Comments