News आयोजक एक्सेल्सियर सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्यो । एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरे । रेडिअन्टका खडक रावत र सरिश खड्काले गोल गरे ।

सोही स्पर्धामा युकेश नेगी र कुलदेव तितुङको ह्याट्रिकमा किड्स लर्निङले काष्ठमण्डपलाई ६–१, ग्रिनफिल्डले रातो बंगलालाई ४–३ तथा पुष्पसदनले बृहस्पतिलाई ३–१ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज फुटबलमा महामञ्जुश्रीले काष्ठमण्डपलाई ४–३, ग्रिनफिल्डले ग्यालेक्सीलाई ३–२, बृहस्पतिले इलाइट को–एडलाई ४–० तथा एक्सेल्सियरले एलआरआईलाई ३–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

Post Comments