
काठमाडौंको बानेश्वर फुटबल टिम र पोखराको बगर भाई खलक हेटौंडामा जारी पाचौं हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
शुक्रबारको पहिलो सेमिफाईनल खेलमा अमरसिंह कलबलाई १–० गोल अन्तरले पराजित गर्दै बानेश्वर फुटबल टिमले उपाधी भिडन्त पक्का गरेको हो । खेलको १९ औ मिनेटमा बानेश्वर कलबका तर्फबाट राजु श्रेष्ठले गरेको गोल नै निर्णायक रह्यो । राजु नै खेलको म्यान अफ द म्याच घोषित भए ।
यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाईनल खेलबाट बौद्ध कलबलाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै बगरभाईखलक पोखरा फाईनलमा प्रवेश गरेको छ । खेलको निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बगरभाईखलकले २ गोल गर्न सफल भएको थियो भने बौद्धले कुनै पनि गोल गरेन । खेलको म्यान अफ द म्याच बगर भाई खलकका गोल रक्षक लक्ष्मण गुरुगं घोषित भएका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक हेटौंडा भेट्रान्सले जनाएको छ ।

- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा