News
पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता सुरु

हेटौंडामा आजबाट सुरु भएको पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगितामा अमर सिंह युवा क्लव,कैलाली भेट्रान्स,बानेश्वर फुटबल टिम र बैद कल्बले विजयी सुरुवात गरेका छन् । सिमरा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमरसिंह भेट्रान्स पोखराले विजयी सुरुवात गरेको हो ।
अमरसिंह भेट्रान्सको तर्फबाट खेलको सुरुवाती सातौैँ मिनेटमा जर्सि नम्बर १२ का विजय गुरुङ र २४ औँ मिनेटमा हरि लामाले १(१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अमरसिंह भेट्रान्सका हरि लामा घोषित भएका थिए । त्यस्तै, प्रतियोगिताको दोश्रो खेलमा चितवन भेट्रान्स निलोलाई २–० गोल अन्तरले पराजित गर्दै कैलाली भेट्रान्सले विजयी सुरुवात गरेको हो । कैलालीको तर्फबाट खेलको १५ र ३८ औँ मिनेटमा दुवै गोल जर्सि नम्बर ११ का रुपेश केसिले गरेका हुन् ।
खेलको म्यान अफ दि म्याच पनि उनै घोषित भएका थिए । प्रतियोगिताको तेश्रो खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै बानेश्वर फुटबलटिम विजयी भएको छ । बानेश्वरको तर्फबाट खेलको ३० औँ मिनेटमा उज्जवल श्रेष्ठले गरेको १ मात्रै गोलले बानेश्वर कल्बलाई विजयी दिलाएको हो । खेलको म्यान अफ दि म्याच बानेश्वरकै राजु श्रेष्ठ घोषित भएका थिए । प्रतियोगिताको चौँथो खेलमा बौद्ध क्लव बिजयी भएको छ । बौद्ध क्लव र भनिमण्डल बिचनिकै प्रतिस्पर्धा भएको खेल निर्धारीत समयमा दुवै टिमबाट एक एक गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो ।

हेटौंडाको खेल मैदान हुप्रचौरमा सुरुभएको प्रतियोगीताको उदघाटन् हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्नु हुँदै प्रमुख महतले खेलकुद विकासको लागि उपमहानगरपालिका सदैव साथमा रहने बताउनु भएको छ ।
टाईब्रेकरमा बौद्ध क्लवको तर्फबाट ४ गोल भएको थियो भने भनिमण्डलको तर्फबाट तिन गोल भएको थियो । प्रतियोगिताको आजको अन्तिम तथा पाँचौ खेल कोल्वी भेट्रान्स र हेटौँडा भेट्रान्स रातोबीच प्रतिस्पर्धा हुने तालिका रहेपनि मौशमकको बिग्रदो अबस्थाले भोलि बिहान सारीएको आयोजक हेटौडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्यले जनाएका छन् ।

Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा