काठमाडौं । अष्ट्रेलियामा व्यवसाीक क्लब फुटबल खेल्ने क्रममा चोटिल बनेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो उपचारका लागि सहयोग गर्न अपिल गरेको २४ घण्टा नबित्दै उपचार खर्च जुटेको छ ।
साबित्राले सोमबार मात्रै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग गर्न अपिल गरेकी थिईन् । उनको अपिलसँगै देशविदेशबाट उनलाई सहयोग गर्नेहरुको संख्या उर्लिएको थियो ।
यद्यपि मंगलबार साबित्राले अर्को स्टाटस लेख्दै आफ्नो उपचारमा लाग्ने आवश्यक खर्च जुटेको उनले जानकारी गराएकी छिन् । साबित्राका अनुसार उनको नेपाली खातामा एक करोड बडी र विदेशी खातामा ४५ लाख रुपैयाँ संकलन भएको जानकारी गराएकी छिन् ।
उनको खातामा संकलन भएको रकमले उपचार खर्चसँगै कतारमा लाग्ने आवश्यक आवास र यातायात लगायतका अन्य खर्चका लागि पनि पुग्ने उनले बताएकी छिन् । साथै उनले आफूलाई साथ, सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
स्मरण रहोस, न्युजिल्याण्डको वेलिङटन फिनिक्स फुटबल क्लबबाट अष्ट्रेलियाको शिर्ष महिला लिग खेल्ने क्रममा साबित्रा गत पुषमा घाइते बनेकी थिईन् । ब्रिसबेन रोअर विरुद्ध खेल्ने क्रममा साबित्राको एसिएल च्यातिएको थियो । उनलाई उपचारपछि मैदान फर्किन एक वर्षसम्म लाग्ने बताइएको छ ।
साबित्राले खर्च उठेको जानकारी गराउन लेखेको उनको स्टाटस जस्ताको त्यस्तैः
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा