News
झापा महिला गोल्डकपको मुख्य प्रायोजक बन्यो एलभीडी
झापा — नेपालमा लोकप्रिय डेनिम जिन्स ब्रान्ड एलभीडी (LVD) आगामी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ।
प्रतियोगिता संयोजन समितिका अध्यक्ष सन्तोष थोप्राले प्रायोजन सम्झौताबारे पुष्टि गरेका छन्।
नेपाल र भारतका आठ टिमको सहभागिता रहने यस प्रतिष्ठित प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्, जुन हालसम्मको महिलातर्फको सबैभन्दा ठूलो पुरस्कार राशी हो।
प्रतियोगिता कात्तिक १५ गतेदेखि झापाको दुधे रंगशालामा सुरु हुनेछ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने