News मैत्रीपूर्ण खेलमा चितवनको रेफ्री टिम विजयी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सधैजसो निर्णायकको भुमिकामा देखिने मकवानपुर र चितवन जिल्लाका निर्णायक (रेफ्री) हरू बुधबार आफै खेलाडीहरुको जर्सीमा मैदानमा उत्रिए ।

दुई जिल्लाका रेफ्रीहरुबीच फुटबलको माध्यमबाट भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पिप्ले क्याम्पा रंगशालामा सम्पन्न मैत्रीपुर्ण खेलमा चितवनको रेफ्री टिमले मकवानपुरको रेफ्री टिमलाई ३–२ ले पराजित गर्यो ।

खेलको प्रमुख अतिथीका रुपमा उपस्थित मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाको केन्द्रिय सदस्य टिकाराम लामाले दुवै टोलीलाई बधाई र शुभकामना दिए । साथै यस किसिमको मैत्रीपूर्ण खेलहरुलाई आउने दिनमा पनि निरन्तरता दिने बताए ।

Post Comments