International ब्राजील र मोरक्कोको पहिलो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पहिलो खेलमा बराबरी खेलेका दुई बलिया टोली ब्राजील र मोरक्कोले फिफा विश्वकपतर्फ आफ्नो दोस्रो खेलमा जित दर्ता गरेका छन् ।

समूह सी तर्फको दोस्रो खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गर्दा ब्राजीलले हाइटीमाथि ३–० को प्रभावशाली जित निकाल्यो । स्मरण रहोस, समूह चरणको पहिलो खेलमा मोरक्को र ब्राजीलले १–१ को बराबरी खेल्दा स्कटल्याण्डले हाइटीलाई १–० ले हराएको थियो ।

यो नतिजापछि दुई खेलबाट समान ४–४ अंक जोडेका ब्राजील र मोरक्को समूह सी को पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा रहँदा अंकविहीन हाईटी पुछारमा छ । र प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा जुन २४ तारीखका दिन ब्राजीलले स्कटल्याण्डसँग खेल्नेछ भने सोही दिन मोरक्कोले हाईटीको सामना गर्नेछ । नकआउट चरणमा प्रवेश गर्ने सम्भावना ब्राजील, मोरक्को र स्कटल्याण्डको कायम छ ।

Post Comments