International अर्को आयोजक अमेरिका पनि नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । शुक्रबार मात्रै सह–आयोजक राष्ट्र मध्ये एक मेक्सिकोले नकआउट चरणमा प्रवेश गर्दा लगतै अर्को सह–आयोजक राष्ट्र अमेरिकाले पनि फिफा विश्वकपतर्फ नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ ।

समूह डी तर्फ लगातार दोस्रो जित निकाल्दै अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिकाले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गर्यो ।

यसअघि अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४–१ ले हराएको थियो । अष्ट्रेलियाले भने आफ्नो पहिलो खेलमा टर्कीमाथि २–० को जित हात पारेको थियो ।

हाल दुई खेलबाट ६ अंक जोडेको अमेरिका एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै ३ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा छ । अंकविहीन रहेका टर्की र पाराग्वेको खेल जारी छ । साथै अमेरिका बाहेक अन्य तीनै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

समूह चरणको अन्तिम खेलमा अब जुन २५ तारीखका दिन अमेरिकाले टर्कीसँग खेल्नेछ भने सोही दिन अष्ट्रेलियाले पाराग्वेको सामना गर्नेछ ।

Post Comments