News नेपालसँग खेल्नु अघि हङ्गकङ्गको हार
गोलनेपाल

काठमाडौं । केही दिनपछि नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तयारीमा रहेको हङ्गकङ्गले शुक्रबार एक मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ ।

घरेलु मैदानमा भएको खेलमा हङ्गकङ्गले इङलिस क्लब म्यानचेष्टर युनाइटेडसँग १–३ को हार बेहोरेको हो । हङ्गकङ्ग स्टेडडियममा भएको उक्त खेलमा शुरुवाती अग्रता हङ्गकङ्गले नै लिएको थियो । खेलको १९औं मिनटमा जुनिन्होको गोलबाट हङ्गकङ्गले खेलमा अग्रता बनाए पनि त्यो अग्रता जोगाउन सकेन ।

म्यानचेष्टर युनाइटेडका लागि खेलको ५० र ८२औं मिनटमा चिडो ओवीले दुई गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा एडन हेभनले तेस्रो गोल गरेका थिए । एसिया टुरमा रहेको म्यानचेष्टरले केही दिन अघि मात्र मलेसियामा एसियान अल स्टार्ससँग १० को हार बेहोरेको थियो ।

उता एसियन कप छनौट खेल्ने तयारीमा रहेको १५३औं वरियताको हङ्गकङ्गले १७५औं वरियताको नेपालसँग जुन ५ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।

Post Comments