Province 3 रातो मछिन्द्रनाथ कपः बुधबार कुल १४ खेल सम्पन्न
गोलनेपाल

ललितपुर जिल्ला ललितपुर महानगरपालिका सुनाकोठीमा अवस्थित सुनाकोठी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबले आयोजना गरिरहेको रातो मछिन्द्रनाथ कप लिग कम नकआउट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरूको नतिजा तल रहेको छ।

सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गर्ने तालिका रहेको थियो।

ग्रुप सी अन्तर्गत भएका खेलहरूमा आदर्श सौल स्कुल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्दा बालकुञ्ज सेकेन्डरी स्कुल उपविजेता बन्दै नकआउट चरण पुग्यो। आदर्श शिला एकेडेमीको भने उपाधि यात्रा समुह चरणबाट नै बाहिरिएको छ।

त्यस्तै ग्रुप के अन्तर्गत भएका खेलहरूमा बज्र एकेडेमी समूह च्याम्पियन बन्दा श्री रुद्रयानी स्कुल उपविजेताको रूपमा नकआउट चरण प्रवेश गर्यो। त्यस्तै उक्त ग्रुपबाट लिटल स्टार स्कुल भने अङ्कविहीन हुँदै घर फर्किएको छ।

ग्रुप ओ अन्तर्गत माउन्ट ओलिभ स्पष्ट जितसहित ग्रुप विजेता बन्दा फ्युचर स्टार उपविजेता रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन्।

त्यस्तै गरेर ग्रुप पी अन्तर्गतका खेलहरूमा ब्राइट फ्युचरले शतप्रतिशत जितसहित नकआउट चरण प्रवेश गर्दा उन्नति स्कुल उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

नकआउट चरणको पहिलो खेलमा समूह ए को विजेता कल्याण स्कुललाई समूह बीको उपविजेता रिजेन्ट रेसिडेन्ट स्कुलले २–० को स्पष्ट नतिजामा हराउँदै प्रतियोगिताको प्री क्वार्टरफाइनलको यात्रा तय गरेको छ। त्यसैगरी समूह ए को उपविजेता श्रमिक शान्ति स्कुललाई समूह बीको विजेता ब्लोम नेपालले ३–० को नतिजामा पराजित गरी प्रि-क्वाटरफाइनल यात्रा तय गर्यो। त्यस्तै अर्को खेलमा समूह एमको विजेता सहिद धर्मभक्त स्कुलले समूह एनको उपविजेता एभरेस्ट स्कुललाई ६-० गोलले पराजित गरी अन्तिम १६ मा स्थान सुरक्षित गर्दा समूह एनको विजेता ललितपुर माध्यमिक विद्यालयले समूह एमको उपविजेता बाल विकास स्कुललाई ७-० ले पराजित गरी अन्तिम १६ को यात्रा तय गरेको छ।

बिहिबार प्रतियोगिताका राउन्ड अफ ३२ का सम्पूर्ण खेलहरू सम्पन्न हुनेछन्।

Post Comments