ललितपुर । ललितपुर जिल्ला ललितपुर महानगरपालिका सुनाकोथीमा अवस्थित सुनाकोठीथी स्पोर्टिङ क्लबको 7A side फुट्सल मैदानमा लक्की स्टार युथ क्लबको आयोजनामा जारी ललितपुर जिल्लाव्यापी अन्तरविद्यालय रातो मछिन्द्रनाथ कप लिग कम नकआउट प्रतियोगिता अन्तर्गत बिहिबार राउन्ड अफ ३२ का खेल सम्पन्न हुँदा शुक्रबार प्रि-क्वाटरफाइनल र क्वाटर फाइनलका खेलहरू सञ्चालन हुनेछन्।
सहभागी ४१ विद्यालयहरूलाई १६ वटा ग्रुपमा विभाजन गरी हरेक समूहको विजेता र उपविजेता प्रतियोगिताको राउन्ड अफ ३२ यानिकी नकआउट चरणमा प्रवेश गरेका थिए।
बिहिबार सम्पन्न पहिलो खेलमा अस्मिता स्कुलमाथि ६-३ को शानदार जितसहित पवन प्रकृति स्कुलले अन्तिम १६ को यात्रा तय गरेको हो। त्यसैगरी दोस्रो खेलमा इमरल्ड स्कुललाई ० गोलको विरुद्ध २ गोलले पराजित गरी सोमाङ स्कुल अन्तिम १६ मा पुग्दा श्रीसिद्धि मङ्गल स्कुललाई श्री महेन्द्र आदर्श स्कुलले ५-२ को नतिजामा पराजित गर्यो। त्यसैगरी पद्म प्रकाश स्कुललाई ३–० ले पराजित गरी जन उदय स्कुल पनि अन्तिम १६ मा प्रवेश गरेको छ। ल्यान्डमार्क एकेडेमी र ग्रेस एकेडेमी निर्धारित समयभर गोल रहित बराबरीमा रहँदा उक्त खेलको अन्तिम नतिजा पेनाल्टी सुट आउट हुँदै सडनडेथसम्म पुगेको थियो। दुवै टोलीबाट कुल ५/५ प्रहार हुँदा ४ का विरुद्ध ५ गोलगरी ल्यान्डमार्क एकेडेमी अन्तिम १६ मा पुगेको छ।
त्यसैगरी पिन्नाकल स्कुललाई २-१ गोल अन्तरले पराजित गरी मञ्जुश्री स्कुल अन्तिम १६ मा जाँदा गत संस्करणको विजेता ब्लुवर्ड स्कुललाई १-० ले पराजित गर्दै बज्र एकेडेमी अघिल्लो चरण प्रवेश गर्यो। त्यसैगरी निर्भाना स्कुललाई ० का विरुद्ध १ गोल नतिजाले पराजित गर्दै श्री रुद्रयानी अन्तिम १६ मा प्रवेश गर्दा आदर्श शौल विद्यालयमाथि ४-१ गोलको फराकिलो जितसहित दीपमाला स्कुल पनि अन्तिम १६ मा पुग्यो। त्यसै क्रममा बालकुञ्ज स्कुलमाथि युनाइटेड स्कुलले ६-१ गोलको बर्सात गर्यो भने उन्नति स्कुल विरुद्ध माउन्ट ओलिभले ३-१ को जित निकाल्यो। त्यस्तै अन्तिम खेलमा फ्युचर स्टार स्कुलमाथि ४-० को फराकिलो जित निकाल्दै ब्राइट फ्युचर स्कुल अन्तिम १६ पुग्ने अन्तिम टोली बन्यो।
- रातो मछिन्द्रनाथ कपः बुधबार कुल १४ खेल सम्पन्न
- रातो मछिन्द्रनाथ कप अन्तर्गत मंगलबार लिग चरणका कुल १२ खेल सम्पन्न
- ललितपुर जिल्लाको बुंगमतीमा अवस्थित सुनाकोठी मैदानमा रातो मछिन्द्रनाथ कप सोमबारबाट सुरु
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- दोस्रो रातो मच्छिन्द्रनाथ कप भदौ २९ देखि