
१२ औं रारा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब ललितपुरले बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
राजरानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए। निर्धारित समयमा बागमतीले आधा दर्जन गोल गर्ने सुवर्ण अवसर पाएपनि ती अवसरलाई सदुपयोग गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो।
पेनाल्टी सुटआउटमा चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गर्दै बागमती युवा क्लबलाई ३–१ ले पाखा लगायो।
खेलमा चर्च ब्वाइजका गोलकिपर विवस चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण बचाउ गर्दै टिमलाई जित दिलाउन निर्णायक भूमिका खेले।
प्रतियोगिताअन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र गोल्डेन स्टार भालुवा बीच हुने आयोजकले जनाएको छ।प्रतियोगिताको बिजेताले ७ लाख प्राप्त गर्नेछ भने उप बिजेताले ३ लाख प्राप्त गर्नेछ ।
- रेफ्री मल्लिकमाथिको प्रतिवन्ध फुकुवा (पत्रसहित)
- बिर्तामोड युनाइटेड एफसी १२औँ रारा गोल्डकपको च्याम्पियन
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा