News गोदावरी मेयर कप: काठमाडौं फाइनलमा
गोलनेपाल

ललितपुर । काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।

गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो ।

आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंका लागि खेलका म्यान अफ दि म्याच मनिष सेढाईले २ गाेल तथा राज पाैडेलले १ गाेल गरे । पहिलाे हाफकाे अन्तिमतीर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गाेल खायो ।

काठमाडौंका लागी खेलकाे ४५ औं मिनेटमा सेढाईले सुरुवाती गाेल गरे भने लगत्तै ईन्जुरी समयमा पाैडेलले थप गाेल गर्दै अग्रता दाेब्बर पारे । काठमाडौंका लागि अर्को एक गाेल सेढाईले ७९ औं मिनेटमा गरे ।

काठमाडौं समूह बि को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौंले समूहचरणमा चाँगुनारायणलाई ५–१ गोलले तथा मध्यपुर ठिमी नगरपालिकालाई १–० ले हराएको थियो । कीर्तिपुरले समूहचरणमा तारकेश्वरसँग २–२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को जित निकालेको थियो ।

आयोजक गोदावरी र दक्षिणकाली भिड्ने

Post Comments