ललितपुर । काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै काठमाडौंले दोस्रो पटक उपाधी जित्ने अवसर बनाएको छ । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधी जितेको थियो ।
आगामी जेठ २ गते हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंका लागि खेलका म्यान अफ दि म्याच मनिष सेढाईले २ गाेल तथा राज पाैडेलले १ गाेल गरे । पहिलाे हाफकाे अन्तिमतीर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गाेल खायो ।
काठमाडौंका लागी खेलकाे ४५ औं मिनेटमा सेढाईले सुरुवाती गाेल गरे भने लगत्तै ईन्जुरी समयमा पाैडेलले थप गाेल गर्दै अग्रता दाेब्बर पारे । काठमाडौंका लागि अर्को एक गाेल सेढाईले ७९ औं मिनेटमा गरे ।
काठमाडौं समूह बि को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डि को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौंले समूहचरणमा चाँगुनारायणलाई ५–१ गोलले तथा मध्यपुर ठिमी नगरपालिकालाई १–० ले हराएको थियो । कीर्तिपुरले समूहचरणमा तारकेश्वरसँग २–२ गोलको बराबरी तथा कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३–० को जित निकालेको थियो ।
आयोजक गोदावरी र दक्षिणकाली भिड्ने
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै