काठमाडौं । रोजगारको सिलसिलामा साउदी अरेबियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित युनाइटेड फुटबल क्लब, दमाम, साउदी अरेबियाको आयोजनामा हुने तेस्रो दमाम च्याम्पियन कपको तयारी अन्तिम चरणमा रहेको छ ।
दमाम शहर स्थित अल टुखा, अल खोबरमा हुने प्रतियोगिताको यही मई २३ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७७७ साउदी रियाल तोकिएको खेल संयोजक ओम बहादुर कुमालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन जुन ६ तारीखका दिन हुनेछ भने समापन ७ तारीखका दिन हुने खेल संयोजक कुमालले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७,७७७ साउदी रियाल हात पार्नेछ भने उपविजेताले ४,४४४ साउदी रियालसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजक युनाइटेड एफसीका अध्यक्ष युवराज गुरुङ्गले जानकारी दिए । अध्यक्ष गुरुङ्गका अनुसार यो पुरस्कार राशी साउदी अरेबियामा नेपाली समुदायहरुबीच हुने फुटबल प्रतियोगिताको हालसम्म कै सर्वाधिक पुरस्कार राशी रहेको समेत दावी गरे ।
त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै सचिव सचिव कमल लो तामाङले जानकारी । सचिव तामाङका अनुसार परदेशमा नियमित कामपछिको थकान मेट्न, साथीभाईहरुसँगको चिनाजानी, रमाइलो र स्वस्थ्य मनोरञ्जनका लागि समेत प्रतियोगिता आयोजना गरिएको बताए ।
साथै प्रतियोगिता सम्पन्न गर्न सबैको साथ, सहयोग, समर्थन र हौसला निरन्तर मिल्नेमा आफूहरु आशावादी रहेको समेत आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरुः
+966 552696209, +966 595861166, +966 572391762
- पोर्चुगलमा पैयुँ पर्वत कप २०२६ हुँदै, पदाधिकारीहरुको जिम्मेवारी पनि बाँडफाँड
- कतारः न्यु स्टारलाई आठौं नाईन स्टार दशैं कपको उपाधि
- कतारः उपाधिका लागि न्यु स्टार र पेट्रो भिड्ने
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि