News
बाँसबारीको जितमा सरोज निर्णायक
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बाँसबारी क्लबले शुक्रबार झिनो अन्तरको जित निकाल्दै खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा बाँसबारीले च्यासल युथ क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो ।
खेलको ३१औं मिनटमा सरोज दर्लामीले गरेको एक मात्र गोल बाँसबारीलाई तीन अंक दिलाउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता दर्लामी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै ७ खेलबाट ९ अंक जोडेको बाँसबारी लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित च्यासल भने ११ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि