News
प्रथम चुलाचुली अन्तर पालिका अध्यक्ष पुरुष फुटबल : चुलाचुली गाउँपालिका ‘बी’ सेमिफाइनलमा प्रवेश

प्रथम चुलाचुली अन्तर पालिका अध्यक्ष पुरुष फुटबल प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा आयोजक टिम चुलाचुली गाउँपालिका 'बी' ले विजयी सुरुवात गरेको छ।
चुलाचुलीले झापाको कमल गाउँपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको एक मात्र र निर्णायक गोल दोस्रो हाफमा जर्सी नं. ९ का सुनिल श्रेष्ठले गरेका थिए।
सानदार प्रदर्शनसहित निर्णायक गोल गरेका चुलाचुलीका सुनिल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनी खेलभरि प्रभावशाली देखिए।
प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिता अन्तर्गत भोलिको दोस्रो क्वाटरफाइनल खेल माङसेबुङ गाउँपालिका र मोरङको मिक्लाजुङ गाउँपालिका बीच हुने आयोजकले जानकारी दिएको छ।
Post Comments