News
याङनाम गोल्ड कपको सेमीफाइनल समीकरण पूरा

फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं १० याङ्नाम खलंगाटारमा रहेको इमानसिंग रंगशालामा याङ्नाम फुटबल क्लबको आयोजनामा जारी तेस्रो याङ्नाम गोल्ड कपमा आज शनिबार अन्तिम क्वाटरफाईनल खेल फुङबरी एफ सी फाक्तेप र ब्वाइज युनियन पाँचथर बीच हुने भनिएता पनि ब्वाइज युनियन तोकिएको समयमा मैदानमा उत्रिन नसकेपछि नेट बलको आधारमा फुङबरी एफ सी फाक्तेप सेमीफाइनल प्रवेश गरेको छ।
आइतबार एकमात्र पहिलो सेमीफाइनल खेल तिजोक युवा क्लब पाँचथर र याङ्नाम एफ सी आयोजक बीच दिनको ठीक २:३० बजे हुने भएको छ।
प्रतियोगिताको विजेताले नगद रु.२०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले नगद रु.१०,३,३३३ को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।
प्रतियोगितामा पाँचथर जिल्ला भित्रका कुल आठ टोलीको सहभागिता रहेको छ भने यस प्रतियोगिताको फाइनल २०८२ साल वैशाख २ गते हुने छ। प्रतियोगिताको सम्पूर्ण खेलहरु गोल नेपालको फेसबुक पेज र युट्युबबाट एकसाथ प्रतक्ष प्रसारण हुने छन्।
Post Comments