News शिवसताक्षी मेयर कपः वार्ड नम्बर ८ सेमिफाइनलमा
गोलनेपाल

शिवसताक्षी । झिनो अन्तरको जितका साथ वार्ड नम्बर ८ यहाँ जारी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलतर्फ वार्ड नम्बर ८ ले वार्ड नम्बर ११ माथि १–० को साँघुरो जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । व ार्ड नम्बर ८ का लागि सोहन थापाले एक मात्र निर्णायक गोल गरे ।

वार्ड नम्बर ८ का निर्णायक गोलकर्ता सोहन थापा म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र २६ गते मंगलबारको सेमिफाइनल खेल वार्ड नम्बर ८ र १० बीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर २ र वार्ड नम्बर ७ बीच हुनेछ ।

शिवसताक्षी नगर खेलकुद विकास समिति, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।

Post Comments