News लगातार दोस्रो जितका साथ शिर्ष स्थानमा उक्लियो चितवन
गोलनेपाल

काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो शतप्रतिशत नतिजालाई कायम राखेको एफसी चितवन लगातार दोस्रो जितका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलका चितवनले बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० को झिनो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो । खेलको अन्तिमतिर इन्जुरी समयमा टोरिक जेब्रिनले गरेको एक मात्र गोल चितवनलाई तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।

यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको चितवन शिर्ष स्थानमा उक्लेको छ । ४ अंकका साथ ललितपुर सिटी दोस्रो स्थानमा छ भने १ खेलबाट ३ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । उता लगातार दोस्रो हार बेहोरेको बुटवल भने १ अंकका साथ छैठौं स्थानमा छ र बुटवलको प्ले अफ खेल्ने सम्भावना कठिन बनेको छ ।

Post Comments