News फिफा वरियतामा नेपाल यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाका लागि निकालेको ताजा वरियतामा नेपालको वरियता भने १७५औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ पनि तेस्रो स्थानहा यथावत छ ।

नेपालले अन्तर्राष्ट्रिय फुटबलमा खेलेका पछिल्ला दुई खेलहरुमा एक खेलमा सिंगापुरसँग ऐतिहासिक जित हात पारेको थियो भने मलेसियासँग एसियन कप छनौटतर्फ हार बेहोरेको थियो ।

त्यस्तै एक स्थान तल खस्किदै १२७औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । दुई स्थान तल झर्दै १६४औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । वरियतामा यथावत रहेको भुटान पनि १८२औं स्थानका साथ दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

त्यस्तै दुई स्थान सुधार गर्दै १८३औं स्थानमा उक्लिएको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९८औं स्थानमा रहेको पाकिस्तान र २००औं स्थानमा श्रीलंका दक्षिण एसियातर्फ क्रमशः छैठौं र सातौं स्थानमा छ ।

त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना यथावत छ । एक स्थान सुधार गरेको स्पेन दोस्रो स्थानमा उक्लिदा एक स्थान तल झरेको फ्रान्स तेस्रो स्थानमा छ ।

Post Comments