भैरहवा । समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ समपुर्णले मोन्स्टर गाइज फुटबल क्लब, सुनवललाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । समपुर्णको जितमा दिनेश गुरुङ्ग र सनम गुरुङ्गले गोल गरे ।
खेलमा समपुर्णका गोलकर्ता दिनेश गुरुङ्ग म्यान अफ दि म्याच समेत घोषित भए । समपुर्णले क्वाटरफाइनलतर्फ चैत्र २४ गतेका दिन देवदह ब्वाईज, देवदहको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत चैत्र २१ गते बिहीबारको पहिलो क्वाटरफाइनल खेल न्यु स्टार एफसी, देवकोटाचोक र फर्साटिकर युवा क्लब, फर्साटिकरबीच हुने खेल संयोजक कुमार थापा (दिपक) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने