
काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ यसपटक पनि आफ्नो बलियो दावेदारिता पेश गर्ने क्रममा धनगढी फुटबल क्लबले उत्कृष्ट जित हात पारेको छ ।
लिगको आफ्नो पहिलो खेलमा धनगढीले बुटवल लुम्बिनी फुटबल क्लबमाथि ४–१ को प्रभावशाली जित निकाल्यो । धनगढीका लागि अहमद हिजाजीले दुई गोल गरे । खेलको पाँचौं मिनट मै हिजाजीले धनगढीका लागि पहिलो गोल गरेका थिए ।
तर, ३०औं मिनटमा केन्टा हाराले बुटवलका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफसम्म दुवै टोलीले १–१ को बराबरी नै खेले । दोस्रो हाफमा भने धनगढीले अन्तिमतिर तीन गोल थप्यो । ७४औं मिनटमा कृतिष रत्न छुन्जुले धनगढीका लागि दोस्रो गोल गरे । त्यस्तै इन्जुरी समयमा हिजाजी र सर्जेबर्बोजा जुनियरले लगातार दुई गोल थप्दै धनगढीको उत्कृष्ट जित पक्का गरे ।
यो जितसँगै एक खेलबाट ३ अंक जोडेको धनगढीले गोलभिन्नतामा चितवनलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित बुटवल भने दुई खेलबाट १ अंकका साथ छैठौं स्थानमा छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै