News पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदै
उमेश पुन

पोखरा । पोखरामा अहिलेसम्मकै सर्वाधिक धनराशिको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बौद्ध शान्ति क्लव, पोखरा–१०, रामघाटको आयोजनामा विष्णु कुमारी गुरूङ मेमोरियल खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आगामी चैत २४ देखि ३० सम्म अम्मरसिंह खेल मैदानमा हुन लागेको हो ।

“‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं” भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशिको पुरस्कार नगद २ लाख ३० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरि दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १५ हजार रुपैया सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १०,०००र(, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही नगद ८ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ।

क्लवका संस्थापक अध्यक्ष रोशन गुरुङका हजुरआमा स्व।विष्णुकुमारी गुरुङको स्मृतीमा उनकै नामबाट यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा झण्डै ५० क्लवको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

Post Comments