
काठमाडौं । शनिबारदेखि शुरु भएको बहुप्रतिक्षित तेस्रो नेपाल सुपर लिगको उद्घाटन खेलतर्फ साविक विजेता ललितपुर सिटी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुई गोलको स्पष्ट अग्रता जोगाउन नसकेको ललितपुरले अन्ततः बराबरीमा चित्त बुझाउन पर्यो । खेलको छैठौं मिनटमै जेनाथन कान्टिलानाको पासलाई क्लियर गर्ने क्रममा कमल श्रेष्ठले आत्मघाती गोल गर्दा ललितपुरले शुरुवाती अग्रता बनाउन सफल भएको थियो ।
लगतै १४औं मिनटमा ललितपुरका लागि आदित्य शाक्यले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । तर, काठमाडौंले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ७५औं मिनटमा अमडु डियोपले काठमाडौंका लागि पहिलो गोल गरे भने इन्जुरी समयमा भिन्सेन्ट कोजिलोले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । भिन्सेन्ट खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै