News
साफ यु–१५ च्याम्पियनसिप : नेपालको शानदार शुरुवात
बिहीबारदेखि शुरु साफ यु–१५ च्याम्पियनसिपमा घरेलु टोली नेपालले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न समूह ए तर्फको पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सलाई शून्यका विरुद्ध ४ गोलले हरायो ।
नेपालको जितमा जान लिम्बु, नमस थापा मगर, सशांक बोहोरा र दिपे राईले गोल गरे । यो जितसँगै नेपालले सेमिफाइनल प्रवेश गर्ने सम्भावना पनि बलियो बनाएको छ ।
समूह चरणतर्फ नेपालले आफ्नो अन्तिम खेल आउँदो सोमबार बंगलादेशसँग खेल्नेछ । बंगलादेश विरुद्धको खेलमा नेपाललाई बराबरी पनि सेमिफाइनलमा पुग्न प्रर्याप्त बन्नेछ ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन