News युएईमा प्रथम फुलबारी हार्मोनी कप हुँदै
गोलनेपाल

काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित फूलबारी एफसीको आयोजनामा आउँदो मार्च २९ र ३० तारीखका दिन प्रथम फुलबारी हार्मोनी कप हुने भएको छ ।

डुल्स्को स्र्पोटिङ कम्प्लेक्समा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगितामा युएईमा रहेका नेपाली कम्युनिटीका कुल १६ टोलीहरुले सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५००० युएई दिराम हात पार्नेछ भने उपविजेताले २५०० युएई दिरामसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments