News
साफ यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
काठमाडौं । भारतको अरुणाचल प्रदेशमा आउँदो मई ९ देखि १८ तारीख (बैशाख २६ देखि जेठ ४ गते) सम्म हुने साफ यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ ।
अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा मई ९ तारीखका दिन बंगलादेश र माल्दिभ्स भिड्ने छन् । सोही दिन हुने दोस्रो खेलमा श्रीलंका र आयोजक भारत भिड्ने छन् ।
नेपालले आफ्नो पहिलो खेल ११ मईका दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले आफ्नो दोस्रो खेल भने १३ मईका दिन भारतसँग खेल्नेछ ।
प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीहरु सहभागि छन् । समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश छने भने समूह बी मा भारत, श्रीलंका र नेपाल रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल