News झापा एफसीको आधिकारिक किट पार्टनरको रूपमा गणेशदीप निटवेयर प्रालि (G-Sports)
गोलनेपाल

झापा एफसीले आफ्नो आधिकारिक किट पार्टनरको रूपमा गणेशदीप निटवेयर प्रालि (G-Sports) सँग साझेदारी गरेको छ।

नेपालका प्रतिष्ठित खेलकुद ब्रान्ड G-Sports ले झापा एफसीका सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ।

G-Sports, नेपालका खेलाडीहरूको आवश्यकताअनुसार उच्च गुणस्तरका खेलकुद पोशाक उत्पादन गर्ने एक विश्वासिलो नेपाली ब्रान्ड हो। यसको प्रिमियम गुणस्तर र खेलाडीलाई उच्चतम आराम प्रदान गर्ने डिजाइनले G-Sports लाई नेपाली खेल क्षेत्रको अग्रणी ब्रान्ड बनाएको छ।

G-Sports ले उत्कृष्ट गुणस्तर, आराम, र टिकाउ उपनला प्रदान गर्दै खेलाडीहरूको लागि उपयुक्त पोशाक निर्माण गर्दै आएको छ। यस साझेदारीले झापा एफसीलाई उत्कृष्ट किट उपलब्ध गराउने मात्र होइन, नेपालका खेल सामग्री उद्योगको प्रवर्धनमा पनि योगदान पुर्याउनेछ।

झापा एफसी र G-Sports दुबै पक्षले यो साझेदारीले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्।

Post Comments