News फुटबल खेलाडी रामबाबु नगदसहित सम्मानित
गोलनेपाल

कचनकवल । झापा जिल्लाको कचनकवल गाउँपालिका वार्ड नम्बर ६ का स्थायी वासिन्दा र फुटबल खेलाडी रामबाबु शाह गृहजिल्लामा नगदसहित सम्मानित भएका छन् ।

देशकै होचो भूभाग कचनकवलबाट उठेर फुटबलको माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै आफ्नो जन्मथलोको नाम उच्च राख्न सफल भएको भन्दै शाहलाई युवा अभियन्ता बिबेक बरालको पहलमा परदेशी भूमि स्लोभाकियामा रहेका प्रवासी नेपालीहरुको विशेष सहयोगमा सम्मानित गरिएको हो ।

प्लानिङ ब्वाईज युनाइटेडसहित मोफसलका विभिन्न क्लबबाट फुटबल खेलिसकेका शाहलाई एक कार्यक्रमका बीच नगद ५० हजार र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

सम्मानित भएपछि खुशी र उत्साहित देखिएका रामबाबु शाहले प्रतिक्रिया दिंदै भने, “तपाईंहरूले मप्रति देखाउनुभएको विश्वास, माया र सम्मान मेरो लागि अमूल्य प्रेरणा हो । यस सम्मानले नेपाली फुटबल र आफ्नो गाउँ–समाज तथा देशको नाम अझ उज्ज्वल बनाउन थप जिम्मेवारी र उत्साह दिएको छ । भविष्यमा पनि देश, समाज र खेलकुद क्षेत्रको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै पुनः सम्पूर्णमा हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।”

Post Comments