News
मिल्स गोल्डकपः विजयी शुरुवातका साथ फ्युजन सेमिफाइनलमा
बिराटनगर । पाँचौं मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गर्दै फ्युजन फुटबल क्लब, गाईघाट सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्युजनले उद्घाटन खेलमा प्रोगेशिल युवा क्लब, फत्तेपुरलाई १–० को झिनो अन्तरले हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । फ्युजनको जितमा युवराज थापाले एक मात्र निर्णायक गोल गरे । खेलका प्लेयर अफ दि म्याच भने फ्युजन कै गोलरक्षक अनिल मगर चुनिए ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय