
ताप्लेजुङको आठराई त्रिवेणी ५ चागेँमा माछापोखरी हिटी क्लबको आयोजनामा हिजोबाट सुरु भएको आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्ड कप अन्तर्गत आज दोस्रो क्वाटरफाईनल खेलमा सङ्खुवासभा जिल्ला फुटबल संघलाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै लालीमा क्लब ताप्लेजुङ सेमीफाइनल प्रवेश गरेको छ। पहिलो हाफमा निकै दबाबमा रहेको संखुवासभा २ शुन्यले पछाडि परेको थियो।
खेलको १५ मिनेटमै लालिमाका कप्तान जेट्ली जीमिले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। २७ मिनेटमा वसन्त ल्होहोरुङ्ले गोल गर्दै आफ्नो टोली लालीमाको अग्रतालाई दोब्बर गराएका हुन । दोश्रो हाफ निकै उत्कृष्ट सुरुवात गरेको संखुवासभाले पहिलो मिनेटमानै हेमन्त खड्काको गोलमा अग्रता छोट्याइएको थियो भने ४८ मिनेटमा बिकेन लिम्बूले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए तर लालीमाको लागि विकेक तेम्बेले ५१ मिनेटमा गोल गोल गर्दै आफ्नो टोलीलाई फेरि अग्रता दिलाएका थिए। त्यसपश्चात कुनै टोलीबाट गोल हुन नसक्दा लालीमाले तीन दुईको नतिजामा खेल आफ्नो पक्षमा पार्न सफल भएको हो। खेलको म्यान अफ दि म्याच लालीमाका मिजास लिम्बू बन्दा उनले नगद रु.३००० रुपैयाँ प्राप्त गरेका छन्।
भोलि हुने अन्तिम दुई क्वाटरफाईनल खेलहरु दिनको ठीक १२:०० बजे सम्दू फुटबल क्लब तेह्रथुम र वाईवाई पाँचथर भिड्नेछन् भने , दिनको ठीक २:०० बजे डाँडाबजार फुटबल क्लब धनकुटा र न्यू स्टार क्लब झापा भिड्ने छन्। प्रतियोगिताको विजेता हुने टिमले नगद तिन लाख रुपैयाँ सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद एक लाख साठी हजार रुपैयाँ प्राप्त गर्ने छ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा