News स्व. भिम बहादुर खड्का स्मृति पाँचौं न्यु राईज कपको तयारी पूरा
सुरज राना मगर

बभनी । न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको न्यु राईज कपको पाँचौं संस्करणको तयारी पूरा भएको छ ।

बभनी स्थित भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा यही फागुन २७ गतेदेखि शुरु हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक योगराज क्षेत्रीले बताए ।

समाजसेवी स्व. भिम बहादुर खड्काको स्मृति श्रीमती सानु खड्का, कोपिला खड्का, छोरा निश्चिल खड्का र छोरी निकिता (खड्का) लगायत सम्पूर्ण परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै भण्डारी ब्रदर्श, तिलोत्तमा–१३, बभनी सह–प्रायोजक रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष बिकास भण्डारीले जानकारी दिए । प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।

Post Comments