News बिराट गोल्डकपः एपिएफ क्वाटरफाइनलमा
गोलनेपाल

बिराटनगर । कठिन जित निकाल्दै विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ एपिएफले सुदेवा दिल्ली एफसी, भारतलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । शहिद रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा एपिएफले सुदेवा दिल्लीमाथि ५–३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो ।

खेलमा एपिएफका गोलरक्षक अन्जल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २१ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल रिजाल्को मोरङ एफए र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप आयोजक समिति, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments