
इलाम । त्रिभुवन आर्मी फुटबल क्लब शानदार प्रदर्शन गर्दै यहाँ जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ठूलो टुँडिखेलमा आज आयोजित तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता भारतको पाहुना टोली मानेभञ्ज्याङ एफसीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।
आर्मीका लागि चन्द्रा भण्डारीले २ गोल गरिन् भने विमला चौधरी र सुमित्रा योञ्जनको नाममा एक एक गोल रह्यो । पहिलो हाफको निर्धारित समयसम्म बराबरी खेलेको आर्मीले इन्जुरी समयमा विमला चौधरीको गोलबाट अग्रता लिएको हो ।
यसैगरी, प्लेयर अफ दी म्याच आर्मीकी चन्द्रा भण्डारीले खेलको ५७ र ७६औँ मिनेटमा गोल गरेकी हुन् । यस्तै खेलको ६९औँ मिनेटमा सुमित्रा योञ्जनले गोल गरेकी थिइन् ।
ओएसिस क्लब इलामले आयोजना गरेको गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल भोलि सशस्त्र प्रहरीको एपिएफ एफसीले उत्तर प्रदेश राज्यको मदर टेरेसा एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- चुलाचुली गाउँपालिका निलो फाइनलमा प्रवेश
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- शिवसताक्षि नगरपालिका सेमिफाइनलमा प्रवेश
- इलाम: मिक्लाजुङ गाउपालिकाको शानदार जित, सेमिफाइनलमा प्रवेश