बेलबारी । आयोजक बेलबारी फुटबल क्लब (रातो) मोरङ जारी टुबोर्ग स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ बेलबारी (रातो) ले लेटाङ फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । बेलबारीको जितमा ४७औं मिनटमा बिक्रम धिमालले पहिलो गोल गरे । त्यस्तै ६७औं मिनटमा बिबेक पौडेलले दोस्रो गोल गर्दै आयोजकको जित पक्का गरे ।
खेलको म्यान अफ द म्याच पनि बेलबारी कै बिबेक पौडेल घोषित भए । उनलाई झापा–११ फुटबल क्लबका प्रशिक्षक युगल किशोर राईले नगद २५५५ रुपैयाँ सहित पुरस्कृत गरे ।

क्वाटरफाइनलमा बेलबारीले अब सताक्षीधाम, झापासँग पुष २१ गतेका दिन खेल्नेछ । प्रतियोगिता अन्तरगत पुष २० गते सोमबारको क्वाटरफाइनल खेल पथरी शनिश्चरे एफसी, पथरी र रारा एफसी, धनकुटा बीच हुने आयोजकले जनाएको छ ।
बेलबारी नगरपालिकाको संयोजन तथा बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय