फान्स र नर्वे नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । गत संस्करणको उपविजेता तथा पूर्व विजेता समेत रहेको फ्रान्ससँगै नर्वे जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह आईमा रहेका फ्रान्स र नर्वेले लगातार दुई जित निकाल्दै एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेका हुन । समूहको आफ्नो दोस्रो खेलमा फ्रान्सले इराकलाई ३–० ले हराउँदै नर्वेले सेनेगललाई ३–२ ले हरायो ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो भने नर्वेले इराकमाथि ४–१ को जित दर्ता गरेको थियो ।

दोस्रो खेलहरुको नतिजापछि दुई खेलबाट समान ६–६ अंक जोडेका फ्रान्स र नर्वे क्रमशः समूहको पहिलो र दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेका छन् । अंकविहीन सेनेगल र इराक भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह चरणको अन्तिम खेलमा अब जुन २६ तारीखका दिन फ्रान्स र नर्वे भिड्ने छन् । यी दुईको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन सेनेगल र इराक पनि आमने सामने हुनेछन् ।

Post Comments