News मेसीको दुई गोलसँगै अर्जेन्टिना नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रेरणादायी कप्तान लियोनल मेसी फेरि नायक बन्दा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको ।

समूह जे मा रहेको अर्जेन्टिनाले लगातार दोस्रो जित हात पार्ने क्रममा अष्ट्रीयालाई २-० ले हरायो । अर्जेन्टिनाको जितमा दुवै गोल मेसीले गरे । खेलमा शुरुवाती पेनाल्टी मिस गरेका मेसीले त्यसपछी टोलीको जितमा निर्णायक दुई गोल गरे ।

यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० ले हराउँदा पनि मेसीले ह्याटि्रक गरेका थिए । यो जितपछी दुई खेलबाट ६ अंक जोडेको अर्जेन्टिना समुहको शिर्ष स्थान छ र नकआउट चरणमा समेत प्रवेश गरेको छ ।

त्यस्तै पराजित अस्ट्रीया ३ अंकका साथ दोस्रो स्थानमा छ । उता समान एक/एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीनरुपमा तेस्रो र चौथो स्थानमा छन । अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा जुन २७ तारीखका दिन जोर्डनको सामना गर्नेछ भने सोही दिन अस्ट्रीयाले अल्जेरियासँग खेल्नेछ ।

Post Comments